काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन साउदी अरब प्रस्थान गरेका छन्। अध्यक्ष लिङ्देन आज बिहान त्यसतर्फ लागेका हुन् ।
भातृसंगठन प्रवासी नेपाली एकता समाजको निमन्त्रणामा साउदी अरब र दुबईमा हुने विविध कार्यक्रममा सहभागी हुन उनी साउदी अरब गएको पार्टीका प्रवक्ता एवं प्रचा विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष लिङ्देन साउदी अरबका प्रमुख सहरहरू जेद्दा,दमाम र रियादमा विभिन्न नेपाली संघसंस्था एवं नेपाली समुदायसँग भेटघाट एवं अन्तरक्रिया गर्ने,राजदूतावास र महावाणिज्यदूत कार्यालयका अधिकारीसँग छलफल गर्ने तथा प्रवासी नेपाली एकता समाज साउदी अरबद्वारा आयोजित विविध कार्यक्रममा सहभागी हुनेछन् ।
उनी भदौ १२ गते स्वदेश फर्कनेछन् ।



















