काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो ३ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएको नेकपा एमालेले आज भने अवरोध नगर्ने जनाएको छ ।
सोमबार राति प्रधानमन्त्री कार्यालयमा बसेको राष्ट्रिय मान्यताप्राप्त दलहरुको संयुक्त बैठकमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने सरकार तयार भएपछि एमाले पनि संसद बैठक सञ्चालन गर्न दिन तयार भएको हो ।
समिति गठनको प्रक्रिया अघि बढेकाले आजको संसद बैठक अवरोध नगर्ने एमाले सचेतक महेश बर्तौलाले बताएका छन् ।



















