विराटनगर । कोशी प्रदेशसभाको बैठक सुरु भएको छ ।
कांग्रेस सांसद इस्राइल मन्सुरीले बैठकको अध्यक्षता गरेका छन् । अध्यक्षता ग्रहण गरेका मन्सुरले मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत माग्ने प्रस्ताव पेस गर्न समय दिएका छन् ।
अहिले मुख्यमन्त्री थापाले विश्वासको मत माग्दै आफ्नो धारणा राखिरहेका छन् ।
बैठकमा उपसभामुखसहित प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राप्रपाका ज्येष्ठ सदस्य अनुपस्थित छन् । सभामा प्रतिपक्षका ३० जना प्रदेश सभा उपस्थित छन् ।



















