काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रदेशको नामाकरणको विषयमा स्व. प्रदीप गिरीले दिएको विचारसँग नेपाली काँग्रेस सहमत हुनसके सामाजिक द्वन्द्व हटाउन सकिने बताएका छन् ।
सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित स्व. प्रदीप गिरीको स्मृति सभाको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू केही दिनअघि मात्रै झापा र इलाम पुगेर आएको भन्दै कोशी प्रदेशमा नामाकरणको विषयलाई लिएर स्थिति थप पेचिलो बन्दै गइरहेको उल्लेख गरे ।
उनले पहिचानको आधारमा प्रदेशको नामाकरण गर्दा समाजको द्वन्द्वलाई केही समयसम्मको लागि रोक्न सकिने स्व. गिरीको विचार काँग्रेस जस्तो मुल राजनीतिक पार्टीले प्राथमिकतामा राख्नुपर्ने बताए । उनले स्व. प्रदीप गिरीको विचारलाई जम्मा गरेर काँग्रेसले राख्ने हो भने मात्रै पनि २० वर्षसम्मका लागि काँग्रेसमा आउने समस्या सहजै समाधान गर्न सकिने बताए ।
महामन्त्री थापाले काँग्रेसलाई बदल्न पार्टी सदस्यता र उम्मेदवार छनोट प्रक्रिया बदल्न आवश्यक रहेको बताए ।



















