काठमाडौं । पर्सामा कार्यरत सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) सुमन थपलियाको निधन भएको छ।
शनिबार एसपी थपलियाको निधन भएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए।
उनको हृदयघात भएर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।
थपलिया अचानक ढलेपछि तत्कालै अस्पताल पुर्याइएको थियो । दिउँसो १ बजे उनलाई अस्पतालले मृत घोषणा गरेको हो ।




















