काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशलाई समृद्धि र विकासतर्फ अघि बढाउनुपर्ने बताएका छन् ।
शुक्रवार नेपाल निजामति कर्मचारी युनियन राष्ट्रिय भेला तथा विधान अधिवेशनलाई शुक्रवार काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कर्मचारी भनेको स्थायी सरकार भएकाले कर्मचारीहरुसहित सबै मिलेर अब देशलाई समृद्धि र विकासतर्फ अघि बढाउनुपर्ने बताए । उनले अहिले पार्टीका नाम जुनसुकै राखे पनि सबै पार्टीहरु प्रजातान्त्रिक र संविधानअनुसार चलेको बताए ।
सभापति देउवाले डेंगु संक्रमणलाई ध्यानमा राखेर सरकारले रोकथामका उपायहरु अवलम्वन गर्नुपर्ने बताए ।



















