काठमाडौँ । सत्ता गठबन्धनका आठ दलको बैठक बालुवाटारमा बसेको छ । आज बिहान ९ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवासमा सत्ता गठवन्धनका शीर्ष नेताहरूको बैठक बसिरहेको हो ।
संसद्को गतिरोध अन्त्य, ललिता निवास तथा सुन प्रकरणलगायत विषयमा साझा धारणा बनाउने उनीहरु छलफलमा जुटेको बताइएको छ । संसद्मा प्रमुख प्रतिपक्ष एमालेको अवरोध जारी रहेको छ ।
हङकङबाट तस्करी गरी ल्याइएको सुन सम्बन्धमा हाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ। तर एमालेले सुनकाण्ड छानबिनका लागि उच्च स्तरीय समिति नै बनाइनुपर्ने माग राखी निरन्तर संसद्मा अवरोध गरिरहेको छ।
सरकार र सत्ता गठवन्धन दलहरुले भने सीआईबीलाई अनुसन्धान टुंग्याउन दिनुपर्ने र अहिले उच्चस्तरीय समिति आवश्यक नभएको बताइरहेका छन् ।



















