काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामालाई नियुक्ति गर्नु भुल भएको स्वीकार गरेका छन् ।
मंगलबार सम्पादकहरूसँग अन्तर्क्रिया गर्दै उनले बुद्ध धर्म पढेको र केही गर्न सक्छन् कि भनेर आफूले नियुक्ति दिएको बताए । प्रधानमन्त्री दाहालले भने, ‘नियुक्तिपछि धेरै विवाद आयो । उनको नियुक्ति पक्रिया मलाई पनि उचित लागेको छैन ।’
उनले बेला-बेला आफूलाई अरु कसैले चलाइरहेको भान हुने बताए । उनले कांग्रेस र एमालेमा हुँदा गरेका बदमासीबाट चोखिएर लामा माओवादीमा आएको बताए ।




















