काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा नाराबाजी गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उच्च स्तरीय छानबिन समितिको माग गर्दै नाराबाजी गरेका हुन् ।
एमालेका सांसद मानविर राईले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति गठन नभएसम्म आफूहरूको आन्दोलन जारी रहेको बताएका छन्। उनले सरकारको रवैयाले देश तातिरहेको बताए ।
उनले सुन तस्करी प्रकरणमा पूर्वसभामुखसमेत रहेका कृष्णबहादुर महरा र उनको छोराको संलग्ता पुष्टि हुँदाहुँदै सत्ताको प्रभावमा पक्राउ नगरिएको बताए ।



















