काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार प्रकरणमा आफ्नो नाम आए हतकडी लगाएर थुन्दा हुने बताएका छन् ।
सोमबार पार्टीको बागमती प्रदेश समितिको पाँचौ पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
केही नेताहरूको नाम बाहिर आएको भन्दै कसैलाई छुट नहुने चेतावनी उनले दिए ।
प्रचण्डले अहिले सरकारले चलाइरहेको भ्रष्टाचार विरोधी अभियानले सरकारलाई कुनै समस्या नपर्ने दाबी गरे ।
‘भ्रष्टाचार सम्बन्धी कामले सरकार अप्ठ्यारोमा पर्दैछ भन्ने कुरा बिल्कुल सही होइन । सरकार बिल्कुल ठिक ठाउँमा छ, सुरक्षित छ,’ उनले भने ।
भेपमा लुकाएर ९ किलो सुन ल्याएको आरोपमा पक्राउ परेका चिनियाँ व्यापारीसँग माओवादी नेता कृष्णबहादुर महरा र उनका छोराहरुको पटकपटक टेलिफोन सम्पर्क देखिएको सीआईबीले जनाएको थियो ।



















