काठमाडौं । नेकपा माओवादी केन्द्रले मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ। आइतबार अपरान्ह बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले सामान्य प्रशासनमन्त्री मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको हो।
मन्त्री मोदीले प्रभावकारी ढंगले काम गर्न नसकेको भन्दै माओवादी केन्द्रभित्रै उनको आलोचना हुँदै आएको थियो ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल , गृहमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, सामान्य प्रशासनमन्त्री मोदी , पर्यटनमन्त्री सुदन किराती, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा सहभागी थिए ।



















