काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी हुन ढोका खुलेको छ । नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएपछि जनमतलाई सरकारमा सहभागी हुन ढोका खुलेको हो।
जनमतबाट अनिता देवी साह मन्त्री बन्ने छिन्। पार्टी अध्यक्ष राउतले यसअघि नै प्रधानमन्त्री पुष्पकमल दाहाललाई अनिताको नाम मन्त्रीका लागि सिफारिस गरिसकेका छन् ।
राष्ट्रपति कार्यालयले भोलि (सोमबार) बिहान १० बजे शपथग्रहण गराउने तयारी गरेको छ। बालुवाटार स्रोतका अनुसार नयाँ मन्त्रीको शपथग्रहणका लागि प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालयमा पत्र पठाएको छ ।



















