काठमाडौं । नेकपा एमालेले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई पक्राउ गर्न माग गरेको छ ।
सर्वोच्च अदालतले अनुसन्धान गर्न आदेश दिएपनि हालसम्म नेपाल र भट्टराईलाई सोधपुछसम्म नगरेकोप्रति एमालेले आपत्ति जनाएको हो।
आइतबार पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा एमाले प्रचारविभाग प्रमुख राजेन्द्र गौतमले भने,‘ललिता निवास प्रकरणमा मन्त्रिपरिषदबाट भूमिका खेल्ने पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई अदालतबाट निर्देशनात्मक आदेश हुँदा पनि आजसम्म सामान्य बयानसम्म गराउन सकेको छैन। यस कारणले पनि सुन प्रकरणमा सत्यतथ्य छानबिन गर्न र दोषीलाई कारबाही गर्न उच्चस्तरीय छानबीन समिति बनाउनुपर्नेमा जोड दिएका छौं।’
उनले सरकारले सत्तापक्ष र विपक्षलाई फरक व्यवहार गरेको बताए ।



















