काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। प्रज्ञाभवन कमलादीमा जारी बैठकमा बुधबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक र सांगठनिक प्रतिवेदनमाथि आज केन्द्रीय सदस्यले आ–आफ्ना धारणा राख्नेछन् ।
अहिले उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सम्बोधन गरिरहेका छन्। केन्द्रीय सदस्यहरूलाई बोल्नका लागि ५ मिनेटको समय उपलब्ध गराइएको छ। बुधबारको बैठकमा १८ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन्।
बोलेका नेताहरूले माओवादी नेतृत्वको सरकारको कामको प्रशंसा गरेका छन् भने पार्टीबाट मन्त्री बनेका नेताहरूको कार्यशैली र व्यवहारको कडा आलोचना गरेका छन् । पार्टी निर्माण प्राथमिकतामा हुनुपर्नेमा नेताहरूले बैठकमा जोड दिएका छन् ।



















