काठमाडौं । संवैधानिक परिषद्को बैठक सिंहदरवारमा सुरु भएको छ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, प्रधानन्यायाधीश हरिकृष्ण कार्की र उपसभामुख इन्दिरा राना सहभागी छन् ।
बैठकले प्रधानन्यायाधीशसहित रिक्त न्यायाधीशको नियुक्तिबारे सिफारिस गर्ने सम्भावना रहेको छ ।



















