काठमाडौं । सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति वैठक १७ गतेदेखि बस्दैछ । माओवादीले पनि नेपाली कांग्रेसले झै सामाजिक सञ्जालमार्फत लाइभ गर्ने निर्णय गरेको छ ।
बैठकका एजेन्डा तय गर्न सोमबार बिहान बसेको पार्टीको पदाधिकारी बैठकले बैठकलाई पूर्णतया लाइभ गर्ने निर्णय गरेको पार्टी सचिव देवेन्द्र पौडेलले बताएका छन् ।
पत्रकारलालाई समाचार संकलन गर्न सहज होस् र आम पार्टी कार्यकर्ता र जनसमुदायलाई पनि जानकारी पाउन सहज होस् भन्ने उद्देश्यले लाइभ गर्न लागिएको उनले बताएका छन् ।
यस्तै माओवादी केन्द्रले आगामी मंसिरमा विधान सम्मेलन गर्ने भएको छ भने फागुन–चैतमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ । पदाधिकारीको प्रस्ताव केन्द्रीय समितिको बैठकबाट अनुमोदन गरिने पार्टी सचिव दिनानाथ शर्माले जानकारी दिएका छन् ।
यस्तै पदाधिकारी बैठकले नेताहरुको कार्यविभाजन प्रस्ताव पनि तय गरेको छ । जसअनुसार देशभरका सबै पालिकाका वडा तहसम्म पुग्न तीनमहिने कार्यक्रम पनि तय गरिएको छ।


















