काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुट्रेसलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।
संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी भइ इटालीको रोमबाट फर्कने क्रममा प्रधानमन्त्री दाहालले राष्ट्र संघका महासचिव गुट्रेसलाई नेपाल भ्रमणको निम्तो दिएको बताए ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्र संघका महासचिव गुट्रेस छिट्टै नेपाल भ्रमणमा आउने बताए ।
प्रधानमन्त्री दाहालले राष्ट्रसंघका महासचिव गुट्रेससँग रोममा साइडलाइन भेटवार्ता गरेका थिए ।
सो भेटमा नेपाल–संयुक्त राष्ट्रसंघ सम्बन्ध, विश्वशान्ति स्थापानामा नेपालले पुरयाएको योगदान, जल वायु परिवर्तन, खाद्य सुरक्षा लगायत विषयमा छलफल भएको प्रधानमन्त्री दाहालले बताए ।



















