काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रिय समितिको बैठकमा कम आलोचना भएकोप्रति खुशी व्यक्त गरेका छन् ।
बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय समितिको बैठकलाई सम्बोधन गर्दै उनले आफूले धेरै आलोचना हुन्छ भन्ने सोचे पनि कम आलोचना भएको भन्दै खुशी व्यक्त गरे । उनले काँग्रेसमा सबै नेताहरु एक सय एक भएको कुरा केन्द्रिय समितिको लाइभले प्रमाणित गरेको बताए ।
उनले भने, ‘म त धेरै आलोचना होला भनेको कम भयो, त्यसको लागि धन्यवाद दिन चाहन्छु । काँग्रेसमा सबै एक सय एक साथीहरु हुनुहुन्छ । लाइभ पनि देखायौँ, दुनियाँले हेरे । काँग्रेसमा कोही भन्दा कोही कम छैन । अर्को मिटिङको पनि डेट फिक्स गर्ने भए गरौँ केही छैन ।’
सभापति देउवाले पार्टीको केन्द्रिय समितिको अर्को बैठक तोकेर जान पनि कुनै समस्या नरहेको बताए ।



















