काठमाडौं । कानुनमन्त्री धनराज गुरुङले उच्च स्तरका नेताहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्ने दाबी गरेका छन् ।
बीपी स्मृति सप्ताहको अवसरमा आयोजित कार्यक्रममा उनले सुशासन स्थापित गर्न उच्च स्तरका नेताहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्ने बताए।
उनले रुपान्तरण यहीँबाट सुरु हुने बताए ।
उनले नेताहरूको सम्पत्ति छानबिन नगर्ने हो भने आफूहरू पनि उही ड्यांगको मुला सावित हुने बताए ।
उनले सरकारले भ्रष्टाचारका ठूल्ठूला फाइलहरू खोल्दै जाने बताए । प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि मन्त्रीको हैसियतमा भेटेर यो कुरा सुझाव दिएको उनको भनाइ छ ।
उनले यसका निम्ति आफू मन्त्री पद छाड्न पनि तयार रहेको बताए ।



















