काठमाडौं । काठमाडौंको सिनामंगलमा फेला परेको शंकास्पद वस्तुलाई नेपाली सेनाले निष्कृय पारेको छ ।
बुधबार बिहान सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी सुनचाँदी पसल अगाडी शंकास्पद बस्तु फेला परेपछि नेपाली सेना घटनास्थल पुग्दै शंकास्पद वस्तु निष्कृय पारेको हो । सेनाले निष्कृय पारेपछि उक्त शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ ।
सेनाले शंकास्पद वस्तु निष्कृय पारेलगत्तै सोही स्थानबाट एक शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।
शंकास्पद वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।
आफूसँग पटकपटक फोन गरेर ५ लाख नदिए बम राख्छु भनेर धम्की दिए र आज ९ पटक फोन गरेको सुन पसल सञ्चालक मने विश्वकर्माले बताएका छन् ।
सुन पसल नजिकैको होटलमा लुकेर बसेका रौतहटका खजाञ्ची पासवानलाई प्रहरीले पक्राउ गरेको हो ।




















