काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई मन्त्रालयमै पुगेर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले वार्ता गरेका छन् ।
भेटका क्रममा मन्त्रालय र काठमाडौं महानगरबीचको सहकार्य र समन्वयलगायत समसामयिक विषयमा छलफल भएको बताइएको छ । मेयर शाहले काठमाडौं महानगरका जग्गा प्राप्ति सम्बन्धी समस्या, फोहरमैला व्यवस्थापन सम्बन्धी देखिएका समस्या र तर्जुमा भइरहेको कानुनलगायतका विषयमा मन्त्री मोदीसँग कुरा गरेको बताइएको छ ।
मन्त्री मोदीले काठमाडौं महानगरभित्र संघीय सरकारमार्फत् गर्नुपर्ने सहयोग र समन्वय आवश्यक छलफल गरेर अगाडि बढ्ने बताएका छन् । मन्त्री मोदीले फोहोरमैला व्यवस्थापनसम्बन्धी कानुन निर्माणको क्रममा रहेकाले त्यसमाथि महानगरले आवश्यक सुझाव दिन पनि आग्रह गरेको बताइएको छ ।
पछिल्लो समयमा काठमाडौंको फोहर व्यवस्थापन समस्या देखिएको छ । आजै मात्र नुवाकोट र धादिङका स्थानीयले पूर्वसहमति कार्यान्यवन नभएको भन्दै फोहोर व्यवस्थापनका अवरोध सिर्जना गरेका छन ।



















