काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभामुख देवराज घिमिरे संसदमा एक पक्षीय बनेको आरोप लगाएका छन् ।
बुधबार बालुवाटारमा प्रेस सेन्टरका पदाधिकारी तथा नेतासँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले संसदको रोष्टममा पुगेर आफूले सम्बोधन गरिरहेको समयमा रोकेर सभामुखले प्रतिपक्ष नेतालाई बोल्न दिएर गर्नै नहुने काम गरेको दाबी हुन् ।
उनले प्रधानमन्त्रीले संसदमा सम्बोधन गरेपछि तत्काल प्रतिपक्षले बोल्न नदिने प्रचलन नभए पनि बोल्न दिएकोप्रति असन्तुष्ट व्यक्त गरे ।
प्रधानमन्त्री प्रचण्डले चारदिने भारतको ओपचारिक भ्रमणका क्रममा राष्ट्रिय हित विपरीत अभिव्यक्ति दिएको र गैरसंवैधानिक रुपमा नागरिकता विधेयक प्रमाणीकरण भएको ठहर गर्दै एमालेलगायत तीन दलले गत जेठ २१ गते संसद अवरुद्ध गरेका थिए । संसद अवरोध भएपछि सूचना टाँस गरी अर्को दिनलाई बैठक तय भएको थियो ।
प्रतिपक्ष दल एमाले, रास्वपा, राप्रपाले प्रश्न उठाएर जेठ २२ गते पनि संसद अवरोध गरेपछि प्रधानमन्त्री प्रचण्ड र सांसदबीच प्रश्नोत्तर भएको थियो ।



















