काठमाडौं । माइतीघर मण्डलामा नागरिकता विधेयकको पक्षमा प्रदर्शन गरिरहेका एक युवकले आत्मदाहको प्रयास गरेका छन् । मंगलबार संघर्ष समितिका उपाध्यक्ष निरज कामतले आत्मदाह प्रयास गरेको प्रहरीले जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकतासम्बन्धी विधेयकलाई प्रमाणीकरण गरे पनि सर्वोच्च अदालतले कार्यान्वय नगर्न आदेश दिएको थियो। त्यसलगत्तै संघर्ष समितिले माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै आएको छ ।
संघर्ष समितिमा अध्यक्ष इन्द्रजीत साफीले उपाध्यक्षसमेत रहेका निरजले एक्कासि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको बताए । उनले कुनै पू्र्वयोजना नरहेको समेत स्पष्ट पारे ।
लामो समयदेखि नागरिकता नपाएका मोरङ कटारीका २५ वर्षीय निरजले आत्मदाह प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता सिताराम रिजालले बताए। उनलाई उपचारको लागि उनलाई ट्रमा सेन्टर लगिएको छ ।




















