काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ । टीकापुर घटनामा आममाफी पाएपछि चौधरीले सोमबार बालुवाटारमा प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन्।
भेटवार्तामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ पनि सहभागी थिइन्।
सुदूरपश्चिम प्रदेशमा पूर्वसहमतिअनुसार दुई मन्त्री र एक राज्यमन्त्री पाउनुपर्ने भन्दै चौधरीले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका थिए । दुई मन्त्रालय नपाएपछि नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएको छैन ।



















