काठमाडौं । संसदीय सुनुवाई समितिको आजको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्धको उजुरी खोलिएको छ। प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध परेका २९ वटा उजुरीमाथि अध्ययन गर्न आज समितिका सदस्यहरूलाई फोटोकपी वितरण गरिएको हो ।
प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबरा (राणा) को सभापतित्वमा बसेको बैठकले संसदीय सुनुवाइका लागि उजुरी खोलिएपछि उजुरीकर्तासँग यससम्बन्धी छलफल गर्न बनाएको कार्यविधि पारित भएको हो । बैठकले बुधबार उजुरीकर्ताहरुसँग छलफल गर्ने र बिहीबार प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ गर्ने निर्णय गरेको हो । गत वैशाख २५ गते संवैधानिक परिषदबाट प्रधानन्यायाधीश लागि कार्की सिफारिस भएका थिए ।



















