काठमाडौं । काठमाडौं महानगरपालिकाले नियम अनुसार छात्रवृत्ति उपलब्ध नगराएका ३४२ विद्यालयको सूची सार्वजनिक गरेको छ। कमनपाले गत जेठ १० गते कुल विद्यार्थीको १० प्रतिशतलाई छात्रवृत्ति प्रदान गर्न र त्यसको विवरण वेबसाइटमा प्रकाशित गर्नुका साथै महानगरमा उपलव्ध गराउन भनेको थियो ।
महानगरले दिएको समयमा विवरण नबुझाउने विद्यालयको सूचि सार्वजनिक गर्दै महानगरपालिका जेठ २८ गतेभित्र छात्रवृत्ति उपलब्ध गराएको विवरण पठाउन र प्रकाशित गर्न अन्तिम समयसीमा तोकेको छ ।
महानगरपालिकाले मंगलबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै समय सीमाभित्र छात्रवृत्तिको विवरण सार्वजनिक नगर्ने विद्यालयमाथि कानूनी कारबाहीको प्रक्रिया अघि बढाउने र अनुमति रद्द गर्ने चेतावनी दिएको छ ।
विवरण नबुझाउन स्कुलहरुको सूचि





















