काठमाडौं । राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ ।
आईतवार राष्ट्रिय योजना आयोगका नवनियुक्त महिला सदस्य डा. अनिता शाह ढुंगानाले पद तथा गोपनियताको शपथ लिएसँगै आयोगले लामो समयपछि पूर्णता पाएको हो । नवनियुक्त सदस्य ढुंगानाले आईतवार आयोगका उपाध्यक्ष डा. मिनहादुर श्रेष्ठसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेकी हुन् । सदस्यको रुपमा ढुंगानालाई जेठ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा नियुक्त गरेको हो ।
आयोगका प्रवक्ता तथा सदस्य डा. रामकुमार फुयालले सदस्य ढुंगानाले सपथ लिएसँगै कार्यभार समेत सम्हालेको बताए । उनले राष्ट्रिय योजना आयोगमा गठन आदेशमा उपाध्यक्षसहित ७ जना पदाधिकारी रहने व्यवस्था रहेको बताए ।



















