काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझी, बालकृष्ण खाँण लगाएतलाई थुनछेक बहसका लागि काठमाडौं अदालतमा उपस्थीत गराइएको छ ।
उक्त प्रकरणमा पक्राउ परेका सवैको बयान सकिएपछि थुनछेक बहसका लागि उनीहरुलाई आइतबार काठमाडौं अदालतमा उपस्थीत गराइएको हो ।
थुनछेक बहसका क्रममा दुवै पक्षको बहस सकिएपछि अदालते पुर्पक्षमा पठाउने वा धरौटी अथवा सामान्य तारिकमा छाड्ने भन्नेबारेमा आदेश दिनेछ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पक्राउ परेका १८ सहित फरार रहेका ३० जनालाई संगठित अपराध, किर्ते, ठगी तथा राज्य बिरुद्धको आरोप लगाएतका मुद्दा लगाउँदै २७ करोड ५० लाख बिगो माग दाबीसहित काठमाडौ अदालतमा मुद्दा दायर गरेको थियो ।