काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सांसदहरू माथि ब्यंग्य गरेका छन् । आर्थिक बर्ष २०८०/८१ को बजेटमार्फत सांसद विकास कोष ब्युँत्याएर प्रत्येक सांसदलाई ५ करोड दिइने निर्णयलाई लिएर मेयर शाहले ब्यंग्य गरेका हुन् ।
‘सांसद विकास कोष पाउनु भए सी बल्ल सांसदहरू वडा अध्यक्षको लेबलमा आउनु भयो,’ मेयर शाहले प्रश्न गरेका छन्, ‘वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरू ?