काठमाडौँ । नेकपा एमाले निकट युवा–विद्यार्थी सङ्गठनले आज भ्रष्टाचारविरुद्ध विशाल प्रदर्शन गर्ने भएका छन् । विद्यार्थी संगठन अनेरास्ववियु र युवा सङ्घले स्थापना दिवसको अवसर पारेर एमाले निकट विद्यार्थी र युवा सङ्गठनले आज प्रदर्शन गर्न लागेका हुन ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा भिआइपीहरूलाई प्रहरीले समातिरहेको बेला एमाले निकट युवा र विद्यार्थी सङ्गठनहरूले ‘दोषी नछुटुन्, निर्दोष नफसुन्’ भन्ने नाराका साथ आज बिहान ११:०० बजे रत्नराज्य लक्ष्मी क्याम्पस, प्रदर्शनी मार्गबाट प्रदर्शन सुरु हुने आयोजकले जनाएका छन् ।



















