काठमाडौं । निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न ८२ राजनीतिक दललाई निर्देशन दिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपा, लोसपा, नेकपा एसलगायत ८२ दल अडिट रिपोर्ट सार्वजनिक गर्न आयोगले एक सूचना प्रकाशित गरी निर्देशन दिएको हो ।
आयोगले तल उल्लेखित दलहरुलाई पार्टीको लेखा परीक्षण वेबसाइट, आमसञ्चारका माध्यम, सामाजिक सञ्जालबाट सार्वजनिक गर्नुपर्ने जनाउँदै यसरी सार्वजनिक गरेको विषय आयोगलाई बुझाउन पनि निर्देशन दिएको छ ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा (१) बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र कानुन बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराई एक महिनाभित्र आयोगमा सो लेखा परीक्षण प्रतिवेदन पेस गर्नुपर्ने कानूनी व्यवस्था छ ।
आर्थिक वर्ष २०७८/७९ को लेखा परीक्षण प्रतिवेदन तोकिएको समय सीमाभित्रै पेस गरेपनि सार्वजनिक नगरिएको भन्दै ७ दिनभित्र सार्वजनिक गरी त्यसको विवरण आयोगमा पेश गर्न आयोगले निर्देशन दिएको छ ।
लेखा परीक्षण सार्वजनिक गर्न आयोगले निर्देशन दिएका दलहरुको सुची