काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ । पार्टी नेता तथा पूर्व गृह मन्त्री बालकृष्ण खाण पक्राउ परेपछि बुधवार बसेको बैठकमा खाँणका बारेमा प्रारम्भिक छलफल भए पनि उनीमाथि प्रहरी अनुसन्धान जारी रहेको र सो अनुसन्धान परिपक्व नभएको भन्दै कुनै निर्णय गरिएको थिएन ।
खाण पक्राउ पछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्नका लागि आज पनि बस्ने बैठकले खाणलाई निलम्बन गर्न सक्ने स्रोतको दावी छ ।



















