काठमाडौं । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा प्रमुख तीन शीर्ष नेताबीच छलफल भएको छ ।
छलफलमा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी छन्।
उनीहरूबीच समसमायिक राजनीतिक विषयमा छलफल भइरहेको बताइएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक दलका नेताहरू पक्राउ पर्न थालेपछि उनीहरू छलफलमा जुटेका हुन् ।
शरणार्थी प्रकरण, संक्रमणकालीन न्याय, नागरिकता विधेयकलगायतका विषयमा छलफल भइरहेको जनाइएको छ ।




















