काठमाडौं । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा लागेको आगो निभाउने क्रममा जलेर घाइते भएका ४ जनाको मृत्यु भएको छ।
मङ्गलवार दिउँसो भूमिकास्थान नगरपालिका–२ तिरतिरे खोला गाउँका पदम वेल्वासेको घरमा सल्किएको आगो निभाउने क्रममा घाइते भएकामध्ये २ जनाको पाल्पाको मिसन अस्पतालबाट काठमाडौैं ल्याउँदै गर्दा बाटोमा र २ जनाको कीर्तिपुर अस्पतालमा निधन भएको बताइएको छ ।
मृत्यु हुनेमा ७२ वर्षीय पीताम्बर बेल्बासे, ५५ वर्षीय पदम बेल्बासे, ५२ वर्षीय घनश्याम वेल्वासे र ३६ वर्षीय माधव वेल्वासे रहेका छन् । अस्मिता बेल्बासे मिसन अस्पतालमा उपचार भइरहेको छ।



















