काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले तीन विषयमा मुख्यरुपमा काम गरिरहेको बताएका छन् । काभ्रेको महाभारत गाउँपालिकामा सडक शिलान्याश कार्यक्रममा पुगेका प्रचण्डले सरकारले समाजिक न्याय, सुशासन र विकास निर्माणमा काम गरिरहेका बताएका ।
आफ्नो नेतृत्वमा रहेको सरकारले यी विषयमा विशेषरुपले काम गरिरहेको बताउँदै सुशासन कायम गर्नका लागि नयाँ लडाइमा रहेको बताए । सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्नका लागि अहिले सरकारले कदम चालिरहेको उनको भनाइ छ । उनले यो कदममा विगतमा जस्तो सरकारलाई जनता र पार्टीको सहयोग चाहिने बताए ।
सुशासन कायम गर्ने विषयमा अघि बढेका कामहरूमा सरकार पछि नहट्ने समेत प्रचण्डले उद्घोष गरे । महाभरत गाउँ पालिकामा विद्युतको केन्द्रीय प्रसारण लाइन उद्धघाटन गर्दै प्रचण्डले छिटै भारतको भ्रमण गर्ने र विद्युत क्षेत्रको विषयमा छलफल अघि सार्ने बताए ।
काभ्रे र सिन्धुलीको सिमाना भएर बग्ने कोखाजोर खोलामा जलासयसहितको एक सय १० मेगावाटको विद्युत उत्पादनको विषयमा सरकारले काम गर्ने बताए । हिजो विभेदमा परेको क्षेत्रलाई अगाडि बढाउने नीति लिएको पनि दाहालले बताए ।
विकासमा पछाडि परेका क्षेत्रलाई प्राथमिकतामा राखेर विकासमा काम अगाडि बढाएको बताउँदै त्यही अनुरुप महाभारत गाउँपालिकाको पनि पहिलाका र अहिलेको तुलनामा फरक पाएको उनले बताए । अबको दुई वर्षमा कुनै पनि घर विद्युतविहीन नहुने उनको भनाइ छ ।




















