काठमाडौं । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको छ ।
संवैधानिक परिषद्को सोमबार बसेको बैठकले कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बताए ।
संवैधानिक परिषद्को बैठकले सर्वसम्मत रुपमा निर्णय गरेको उनको भनाइ छ । लामो समयदेखि संवैधानिक परिषद्को बैठक बस्न नसक्दा प्रधानन्यायाधीशको सिफारिस हुन सकेको थिएन ।




















