काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी नेतृत्वबाट भएका निर्णयहरुप्रति असन्तुष्टि जनाएका छन् ।
उनले कसैप्रति र कुनै निर्णयप्रति इंगित नगरे पनि उनको आक्रोश पार्टी सभापति शेरबहादुर देउवा र उनले लिएका निर्णयहरुप्रति हो भन्ने बुझ्न सकिन्छ । उनको संकेत मन्त्री नियुक्ति तर्फ रहेको बुझ्न सकिन्छ । उनले धेरै कुरा विषय सहे पनि अब अति भएको जनाएका छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटमा लेखेका छन् “कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ । त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो !”




















