काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँगको भेटपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै प्रमुख प्रतिपक्षी दलका नेता एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता गरेका छन् ।
सिंहदरबारमा भएको भेटवार्तामा समसामयिक विषयमा कुरा भएको नेकपा एमालेका अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।
भारतमा उपचार गरेर फर्किनु भएका राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री दाहाल सितल निवास पुगेका थिए ।




















