काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा गहिरो अनुसन्धान हुनुपर्ने बताएका छन् ।
महामन्त्री थापाले नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणको अनुसन्धानका क्रममा ठगी गिरोहको भीआईपी जालो उजागार हुँदै गएको भन्दै घटनाबारे गहिरो अनुसन्धान हुनुपर्ने बताएका हुन् ।
उनले यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय भन्द यो घटना नभइ प्रवत्ती भएको बताएका छन् । नेता थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई कडा कारबाही हुनुपर्ने माग गरेका छन्।
थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्-नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगि प्रकरणको अनुसन्धानका क्रममा ‘ठगि गिरोहको भिआइपी जालो’उजागर हुँदै गएको छ । यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ । यो घटना होइन प्रवृत्ति हो।अझै गहिरोसँग अनुसन्धान होस्।कोही नछुटुन । संलग्न जोसुकै,जुनसुकै ओहदा र शक्तिको होस्,कानुनभन्दा माथि कोही हुँदैन ।’
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता सिताराम रिजालले शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको भन्दै दुईजनाको उजुरी परिसरमा दर्ता भएको छ उजुरीका आधारमा उनीहरू प्रक्राउ परेका हुन्।
प्रहरीको अनुसन्धानमा भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गरेको आरोप पक्राउ परेकामाथि छ । भुटानी शरणार्थी भन्दै नक्कली कागजात बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने धन्दामा हाई प्रोफाइल व्यक्तिको पनि संलग्नता देखिएपछि प्रहरीले अनुसन्धान तीव्र पारेको हो ।




















