काठमाडौं। सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ ।
दिउँसो ५ बजे बस्ने गरी बोलाइएको बैठकमा सरकार विस्तार, सरकारको नीति तथा कार्यक्रम लगायत विषयमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि सरकारी भेटघाट तथा बैठक बालुवाटार र सिंहदबारबाट गर्दै आएका थिए । पार्टीका बैठक भने पेरिसडाँडास्थित पार्टी कार्यालयमै बोलाइन्थ्यो । तर आज किन उनले पदाधिकारी बैठक बालुवाटारमै बोलाए भन्ने बारेमा माओवादी नेताहरुले अनभिज्ञता जनाएका छन्। दाहालले पार्टीको वैठक वालुवाटारस्थित सरकारी निवासमा राखेर दुरुपयोगलाई निरन्तरता दिन शुरु गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ ।



















