काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भन्दै ठगी प्रकरणमा तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीका बाबुछोरा पनि तानिएका छन् ।
टोपबहादुर र छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले उनीहरूलाई खोजी सुरु गरेको छ । तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतिक थापालाई पनि पक्राउ अनुमति लिएर खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई प्रहरीले पक्राउ गरिसकेको छ भने तत्कालिन गृहसचिव हाल उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परिसकेका छन् । इन्द्रजीतका छोरा निरज राई पनि तानिएका छन् । उनीविरुद्ध पनि प्रहरीले पक्राउ पूर्जी जारी गरेर खोजी थालेको छ।



















