काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । पार्टीका सभापति रवि लामिछाने र स्वर्णिम वाग्ले उपनिर्वाचनबाट निर्वाचित भएपछि बस्न लागेको संसदीय दलको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने/नलिने र दलको नेता चयनका विषयमा छलफल हुने बताइएको छ ।
दलको नेताबाट डोलप्रसाद अर्यालले शनिबार राजीनामा दिएका थिए । आजको वैठकले लामिछानेलाई दलको नेता चयन गर्ने बुझिएको छ ।
संसदीय दलको बैठक अघि सभापति लामिछानेले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।
रास्वपाको केन्द्रीय समिति बैठक पनि सोमबार बस्दैछ ।



















