काठमाडौं । प्रतिनिधिसभाको संसदीय विषयगत समिति गठन भएको छ । शुक्रबार सभामुख देवराज घिमिरेले संसदीय विषगत समितिमा रहने सदस्यहरुको नाम संसदमा प्रस्तुत गरेका हुन् ।
प्रतिनिधिसभा नियमावली अनुसार प्रतिनिधिसभामा १० वटा विषयगत समिति रहेका छन् । राष्ट्रियसभाको समेत गरी दुईवटा विषयगत समिति रहेका छन् ।
प्रतिनिधिसभाको विषयगत समितिअन्तर्गत अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति,उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति, महिला तथा सामाजिक मामिला समिति,राज्यव्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति,शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समिति रहेका छन् ।




















