धादिङ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले उपनिर्वाचनको परिणामले एमालेमा कुनै असर नपर्ने बताएका छन् ।
चितवन २, तनहुँ १ र बारा २ को उपनिर्वाचनबाट नेकपा एमाले विजयी हुन र नहुनुमा केही असर नपुगेको बताए । उनले भने, उपनिर्वाचनको परिणामले एमालेमा अंकगणितीय तलमाथि हुँदैन ।’
मंगलबार प्रेस चौतारी नेपाल धादिङले धादिङबेसीमा आयोजना गरेको पत्रकार सम्मेलनमा रिमालले सो कुरा बताएका हुन् । मतदातालाई आफ्ना विषयबारे सचेत गराउन मात्रै उपनिर्वाचनमा एमालेले उपस्थिति जनाएको उपमहासचिव रिमालको भनाइ छ । अघिल्लो निर्वाचनमा पनि तनहुँ र चितवनमा हामीले नजितेको तर्क गरे ।
आइतबार भएको तीनवटै उपनिर्वाचनले राष्ट्रको केही पनि प्रतिनिधित्व नगर्ने दावी गरेका छन् । चार वर्षपछि हुने चुनावको तयारी स्वरुप पनि एमालेले मिसन ग्रासरुट अभियान चलाइरहेको छ ।




















