चितवन । चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शानदार मतका साथ विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार ५४१७६ मत ल्याएर लामिछानेले विजयी भएका हुन् ।
लामिछानेले निकटतम् प्रतिद्वन्द्विभन्दा ४२ हजार ९६२ मतान्तर बनाएका छन् । लामिछानेको यो मतान्तर मत मंसिर ४ को निर्वाचनभन्दा धेरै हो ।
सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका जीतनारायण श्रेष्ठले ११२१४ मत ल्याएर दोस्रो भएका छन्। एमालेका रामप्रसाद न्यौपाने १०९३६ मतसहित तेस्रो बने ।
लामिछानेको अघिल्लो निर्वाचनमा ८४, ३१५ मतमा ४९ हजार ३०० मत ल्याएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ मत प्राप्त गरेका थिए ।




















