दाङ । लुम्बिनी प्रदेशमा पनि एमालेको सरकार ढलेको छ । मुख्यमन्त्री लिला गिरीले विश्वासको मत लिन नसकेपछि गिरी स्वतः पदमुक्त भएका हुन् ।
सोमवार बिहान ११ बजे बसेको प्रदेश सभा बैठकमा एमालेका मुख्यमन्त्री गिरीले मागेको विश्वासको मतको पक्षमा ३३ मतमात्र खसेको थियो ।
गिरीको पद कायम रहन ४४ सांसदको समर्थन आवश्यक थियो । तर उनले एमालेका २९ र राप्रपाका ४ प्रदेशसभा सदस्यको मतमात्र पाएका थिए ।




















