चितवन । चितवन २ मा रास्वपाले मतदानका क्रममा आचारसंहिता उलंघन गरेको विषयमा माफी मागेपछि पुनः मतदान शुरु भएको छ । भरतपुर ११ स्थित नयाँ किरण कमलकुसुम मतदान केन्द्रमा रास्वपाका कार्यकर्ताले उपनिर्वाचनको मतदान चलिरहेका बेला मतदानस्थलमा घण्टी बजाउँदै नाराबाजी गरेपछि झडप भएको थियो ।
राजस्वले आचारसंहिता उलंघन गरेको विषयले विवादको रुप लिँदा साढे तीन घण्टा भन्दा बढी मतदान रोकिएको थियो । मतदान सुचारु गर्ने सम्बन्धमा भएको सर्वदलीय बैठकमा रास्वपाले गल्ती भएको स्वीकार्दै क्षमायाचना गर्ने निर्णय भएपछि मतदान शुरु भएको हो ।
यस्तै मतदान केन्द्रको ३०० मिनेटर वरपर शान्ति सुरक्षा कायम गर्ने, आचारसंहिता उलंघनको विषय मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराउने, सबै दल एकढिक्का भएर चुनाव सम्पन्न गर्न लाग्नेसहितको ४ बुँदे निर्णय भएको छ ।



















