काठमाडौँ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिबारे निर्णय गर्न संवैधानिक परिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ।
परिषद्का अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसिरहको वैठकले १४ महिनादेखि नेतृत्वविहीन अर्थात् कायममुकायम प्रधानन्यायाधीशको भरमा चलेको सर्वोच्च अदालतलाई नेतृत्व प्रदान गर्ने छ।
महाभियोगका कारण तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पदबाट हटेपछि सर्वोच्चमा हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश छन् ।
प्रधानमन्त्री दाहालको अध्यक्ष बसेको संवैधानिक परिषद्मा प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना र उपसभामुख इन्दिरा राना र र कानुन मन्त्रीको समेत जिम्मेवारी पाएका उपप्रधानमन्त्री पूर्णबहादुर खड्का बैठकमा सहभागी छन् ।