चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भावनाको व्यापार गरिरहेको आरोप लगाएका छन् । संविधानले नै ब्यवस्था नगरेको दोहोरो नागरिकताको मुद्दामा दलहरूलाई दोष दिएर उनले जनतालाई भम्र छरेको थापाको आरोप छ ।
उपनिर्वाचनका क्रममा कालिका नगरपालिकाको क्लब चोकमा आयोजित चुनावी सभामा बोल्दै परीक्षणको क्रममा पाँच वर्ष खेर जान दिन नहुने भन्दै भावनामा नबग्न उनले सबैलाई आग्रह गरे ।
महामन्त्री थापाले देश बिरामी परेको भन्दै अबको पाँच वर्ष खेर जान नदिने बताए । उनले सरकारमा सहभागी भए पनि प्रश्न गर्न आफू पछि नपर्ने बताए । उनले पार्टी कार्यकर्तालाई आफ्नो उम्मेदवारलाई जिताउन आह्वान गरे ।