काठमाडौँ । नेकपा एमालेका संघीय सांसद कृष्णगोपाल श्रेष्ठले स्थानीयवासीलाई ट्राफिक व्यवस्थापनले पारेको असर समाधान गर्न पहल गरेका छन् ।
स्थानीयवासीले कालिमाटीदेखि बल्खुसम्मको सवारीसाधनले ट्राफिक व्यवस्थापनबाट पारेको असरबारे सांसद श्रेष्ठसँग आइतबार गुनासो गरेका थिए । स्थानीयवासीको गुनासोलगत्तै सांसद श्रेष्ठले ट्राफिक व्यवस्थापनको पहल गरेका हुन् ।
सोही समस्या निराकरणका लागि सांसद श्रेष्ठको अगुवाइमा कामपा १४ का वडासदस्य नवीन नकर्मी, सामुदायिक सेवाकेन्द्र कुलेश्वरका अध्यक्ष राजकुमार विष्ट, समाजसेवी रमेश खड्कीलगायतको टोलीले ट्राफिक व्यवस्थापन कार्यको पहल ग-यो । सांसद श्रेष्ठ नेतृत्वको सो टोलीले नेपाल प्रहरीका आइ.जि.पि. वसन्त कुँवर र उपत्यका ट्राफिक प्रहरी प्रमुख डि.आई.जी. भेषराज पोखरेलसँग भेटी स्थानीयवासीलाई परेको समस्याबारे जानकारी गराएको थियो । सो टोली र ट्राफिक व्यवस्थापनको जिम्मेवारी लिएको सम्वन्धित निकायले स्थानीयवासीको मागलाई यथाशीघ्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएको र सो समस्याको यथाशीघ्र समाधान गरिने बतायो ।




















